सरकारले भूकम्पलगत्तै खेलेको भूमिकाप्रति कांग्रेस सन्तुष्ट, आगामी कदमका लागि दियो २१ सुझाव

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुमपश्चिममा भूकम्पलगत्तै केन्द्र र स्थानीय सरकारले निर्बाह गरेको भूमिकाप्रति सन्तुष्टि व्यक्त गरेको छ ।
#nepalviews

नेपालभ्युज

सरकारले भूकम्पलगत्तै खेलेको भूमिकाप्रति कांग्रेस सन्तुष्ट, आगामी कदमका लागि दियो २१ सुझाव

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुमपश्चिममा भूकम्पलगत्तै केन्द्र र स्थानीय सरकारले निर्बाह गरेको भूमिकाप्रति सन्तुष्टि व्यक्त गरेको छ ।

सरकारले भूकम्पलगत्तै निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दै कांग्रेसले अब गर्नुपर्ने कामका लागि सुझाव पनि दिएको छ । कांग्रेसले भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिएको हो ।

मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेलसहितको टोलीले सरकारको प्रशंसा गरेको हो ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ताकपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव पनि दिएको छ ।

त्यस्तै आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाँडो व्यवस्था गर्न पनि कांग्रेसले भनेको छ ।

कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माणका काममा ९ बुँदामा सरकारलाई सुझाव दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved