नेपाल र यमनबीच हुने खेलको तयारी अन्तिम चरणमा, टिकट दर चार सय र एक हजार

नेपालभ्युज

नेपाल र यमनबीच हुने खेलको तयारी अन्तिम चरणमा, टिकट दर चार सय र एक हजार

काठमाडौं। अखिल नेपाल संघ एन्फाले विश्वकप फुटबल २०२६ र २०२७ एएफसी एसियाली कप छनोटको दोस्रो चरणको लागि तयारी अघि बढाएको छ।

मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एन्फाले सम्पूर्ण तयारी अघि बढाएको जनाएको छ। दोस्रो चरणमा नेपाल र यमन मंसिर ५ गते आमने सामने हुनेछन्। नेपाल र यमनबीच साँझ ७ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ।

फिफा वरीयतामा नेपाल १७३ औं स्थानमा रहेको छ भने यमन १५३ औं स्थानमा छ। एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘खेलको टिकट एन्फाले नै व्यवस्थापन गरी बिक्री गर्नेछ। साधारण पारपिटको टिकट दर ४०० रुपैयाँ र भिआइपीतर्फ १००० रुपैयाँ कायम गरिएको छ।’

यमन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणको लागि च्यासलमा व्यवस्थापन गरिएको एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रुपैँया रहेको एन्फाले जनाएको छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार भने केही दिनमा तय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved