पुष्प मेलाले नाघ्याे लक्ष्य, पाँच दिनमा १ कराेड १७ लाखकाे काराेबार 

नेपालभ्युज

पुष्प मेलाले नाघ्याे लक्ष्य, पाँच दिनमा १ कराेड १७ लाखकाे काराेबार 

काठमाडौं । गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलाले कारोबारको लक्ष्य नाघेको छ । यसवर्ष एक करोडको कारोबार हुने लक्ष्य राखेको उक्त मेला अवधीभर १ करोड १७ लाखको कारोबार भएर लक्ष्य नाघेको हो ।

फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको थियो ।

मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० वटा स्टल रहेका थिए ।
पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की,  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले मेला  अवलोकन गरेका थिए ।

एशोसिएशनले नेपाली पुष्प व्यवसाहीको उत्पादनलाई प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथै तिहारलाई लक्ष्य गरेर मेला आयोजना गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका बताइएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved