क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा गर्दै आईएमई लाइफ 

नेपालभ्युज

क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा गर्दै आईएमई लाइफ 

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाली क्रिकेटका खेलाडीहरूलाई बिमाङ्क रकम बराबर २५ लाख रुपैयाँ म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाङ्क २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरूप खेलाडीहरूलाई सो जीवन बीमा प्रदान गरिने भएको कम्पनीले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एसिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमई लाइफ इन्स्योरेन्स क. लिमिटेडले जनाएको छ ।

साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘‘टी–२० विश्वकप फाइनल एसिया’’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू ल्याउने प्रतिबद्धता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved