कांग्रेस महामन्त्री शर्मा भन्छन्- सांसदलाई बजेट अधिवेशनमा सहभागी भएबापत १५ दिनको तलब दिए पुग्छ

नेपालभ्युज

कांग्रेस महामन्त्री शर्मा भन्छन्- सांसदलाई बजेट अधिवेशनमा सहभागी भएबापत १५ दिनको तलब दिए पुग्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सहभागी भएबापत सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिए पुग्ने बताएका छन् ।

सांसदले दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको उनले बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकारेका हुन् ।

उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले काम गरेको बताए ।

उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मबोध भएको उनको भनाइ छ ।

महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपाटीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved