भूकम्प प्रभावितको उद्धारमा खर्च भएको हवाई इन्धन आयल निगमले बेहोर्ने

नेपालभ्युज

भूकम्प प्रभावितको उद्धारमा खर्च भएको हवाई इन्धन आयल निगमले बेहोर्ने

काठमाडौं । भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च नेपाल आयल निगमले बेहोर्ने भएको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।

निगमले आर्थिक वर्ष २०८०–८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved