नेपालगन्जमा घाइते ल्याउन सुरु, बेड र डाक्टर तयारी अवस्थामा

नेपालभ्युज

नेपालगन्जमा घाइते ल्याउन सुरु, बेड र डाक्टर तयारी अवस्थामा

नेपालगन्ज । भूकम्पमा परी घाइते भएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु गरिएको छ। भेरी अस्पतालमा जाजरकोटका केही घाइतेलाई ल्याइसकिएको छ।

दुवै जिल्लाका घाइतेलाई भेरीमा ल्याउने भनिएपछि अस्पतालमा बेड र डाक्टरलाई तयारी अवस्थामा राखिएको छ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीले ८० वटा बेड र डाक्टरलाई तयारी अवस्थामा राखेको जानकारी दिए।

गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्प जाँदा जाजरकोट र पश्चिम–रुकुममा ठूलो मानवीय क्षति पु¥याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved