धरौटीमा रिहा भए नेता धर्मेन्द्र बाँस्तोला

नेपालभ्युज

धरौटीमा रिहा भए नेता धर्मेन्द्र बाँस्तोला
फाइल तस्वीर।

काठमाडौं । नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टीं) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

जिल्ला अदालत दाङका न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले शुक्रबार बाँस्तोलालाई ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका उनलाई शुक्रबार अदालतमा पेश गरिएको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते नेता बाँस्तोलाले चलाएको स्कार्पियोले  मोटरसाइकललाई ठक्कर दिँदा राप्ती-५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved