गाजामा रहेका सात हजार विदेशीलाई इजिप्टमा प्रवेश गर्न दिइने

नेपालभ्युज

गाजामा रहेका सात हजार विदेशीलाई इजिप्टमा प्रवेश गर्न दिइने

इजिप्ट । इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ ।

इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो ।

इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्‍याउन इजिप्टले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताएका हुन् ।

इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामा हालै इजरायलले गाजामा गरेको घेराबन्दी सुरु भएयता पहिलो पटक बुधबार सयौं विदेशी राहदानीधारी र दशौं घाइते प्यालेस्टिनीलाई गाजाबाट इजिप्टका अस्पतालमा उपचार गर्न ल्याइएको छ ।

इजिप्टले १० लाखभन्दा बढी गाजावासीलाई दक्षिणतर्फ स्थानान्तरण गर्न दबाब दिने इजरायलको प्रयासको आलोचना गर्दै आएको छ र यसअघि राफा सीमा नाका हुँदै देशको सिनाई प्रायद्वीपमा प्यालेस्टिनी शरणार्थीहरूको आगमनलाई अस्वीकार गरेको दोहोर्‍याएको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved