प्रधानमन्त्रीसँग सम्बन्ध सुध्रेको छ, सहमतिमै संक्रमणकालीन न्याय निरुपण हुन्छ : ओली

‘प्रधानमन्त्रीसँग मेरो बिहान पनि भेट भएको थियो’, पत्रकारको जिज्ञासामा ओलीले भने, ‘तपाईंहरुले यहाँ पनि देखिहाल्नुभयो हाम्रो हाउभाउ ! हाम्रो सम्बन्धमा सुधार भएको छ, यसलाई सकारात्मकरुपमा लिनुस् न !’

नेपालभ्युज

प्रधानमन्त्रीसँग सम्बन्ध सुध्रेको छ, सहमतिमै संक्रमणकालीन न्याय निरुपण हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो सम्बन्ध सुध्रिएको बताएका छन् ।

नेकपा एमालेले बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धमा सुधार आएको बताएका हुन् ।

‘प्रधानमन्त्रीसँग मेरो बिहान पनि भेट भएको थियो’, पत्रकारको जिज्ञासामा ओलीले भने, ‘तपाईंहरुले यहाँ पनि देखिहाल्नुभयो हाम्रो हाउभाउ ! हाम्रो सम्बन्धमा सुधार भएको छ, यसलाई सकारात्मकरुपमा लिनुस् न !’

उनले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सहमतिमै टुंग्याउनुपर्ने बताए । ‘पीडितलाई केन्द्रमा राखेर सर्वोच्चका आदेशका आधारमा न्याय निरुपण गरिनुपर्छ’, ओलीले भने ।

उनले चाडवाडमा आयोजित चियापान समारोहमा तिता कुरा नगर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved