सिंगापुरसँग जितेपछि कुशलले भने- अब सबै खेल फाइनलसरह हुनेछन्

नेपालभ्युज

सिंगापुरसँग जितेपछि कुशलले भने- अब सबै खेल फाइनलसरह हुनेछन्

काठमाडौं। नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित हासिल गरेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् ।

आइसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन्। पहिलो खेलमा सबै खेलाडीले राम्रो उल्लेख गर्दै कुशलले हरेक खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको कुशलले बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद् शुरुवात गरेको छ । नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए । उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो ।

नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्तत कृष्णको बलमा आउट भए । तर, लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै २१ बल अगावै जित सुरक्षित गराए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही सावित गर्न सकेकोमा खुशी लागेको बताउनु भयो ।

उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे । मुलपानीमा पछिल्ला खेलहरू आफ्ना लागि राम्रो नभए पनि प्रशिक्षक मोन्टी देसाईले विश्वास गरिराख्दा यस किसिमको प्रदर्शन सम्भव भएको पनि धारणा राखे।

कुशलले सिंगापुरबिरुद्ध ७४ रनको अर्धशतक प्रहार गरेका थिए । गत त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स(युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । लगातार अर्धशतक प्रहार गरेका कुशलले ढेड वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धसतकीय साझेदारी पनि गरेका छन् ।

कुशलले आसिफ शेखसँग पछिल्ला २÷३ वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कमिनिकेसन हुने गरेको बताएका छन् । तर, सोमवार आसिफसँग ढेड वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्दा निकै खुशी भएको पनि प्रतिक्रिया दिएका छन् ।

सिंगापुरसँगको खेल अगाडि नेपालका अलराउण्ड दीपेन्द्रसिंह ऐरी घाइते हुन पुगेका थिए । अभ्यासका क्रममा गोलीगाठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महत्ववपूर्ण अलराउण्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए । विहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो । उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको पनि कुशलले बताए।

नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झाले भने शतप्रतिशत आफूहरू विश्वकपमा छनोट हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved