कुवेती दिनारको मूल्य ४३० रुपैयाँ हुँदा डलरको मूल्य १३२ रुपैयाँ

नेपालभ्युज

कुवेती दिनारको मूल्य ४३० रुपैयाँ हुँदा डलरको मूल्य १३२ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ७६ पैसा रहेको छ भने, बिक्री दर ४३१ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकका अनुसार आइतबार युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १४१ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्डको मूल्य १६१ रुपैयाँ हुँदा कतारी रियालको मूल्य ३६ रुपैयाँ रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved