हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा (तस्वीरहरू)

घटस्थापना गरिएसँगै नेपाली हिन्दूहरूको ठूलो महान् चाड बडादशैं सुरु भएको छ। बडा दशैंको पहिलो दिन घटस्थापनाका दिन शुभ साइत पारेर घर-घरमा जमरा राखेपछि दशैं सुरु भएको मानिन्छ।

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा (तस्वीरहरू)

काठमाडौं। आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। यसै अवसरमा ११ बजेर २९ मिनेटको शुभ साइतमा आज हनुमानढोकास्थित नासल चोकमा रहेको दशैंघरमा घटस्थापना गरिएको छ। सो अवसरमा नेपाली सेनाको गुरुजुका पल्टनले मङ्गल धुन बजाउनुका साथै हर्षबढाइँ पनि गरेका छन्।

घटस्थापना गरिएसँगै नेपाली हिन्दूहरूको ठूलो महान् चाड बडादशैं सुरु भएको छ। बडा दशैंको पहिलो दिन घटस्थापनाका दिन शुभ साइत पारेर घर-घरमा जमरा राखेपछि दशैं सुरु भएको मानिन्छ।

बडादशैंको मुख्य दिन विजया दशमीमा भगवती देवी दुर्गाको प्रसादको रूपमा त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैंघरमा विधिपूर्वक जौ, धान, मकै लगायतका अन्न छरेर जमरा राखिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। सूर्योदयकलामा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने हिन्दू शास्त्रीय मान्यता रहिआएको।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved