अक्षय कुमारले छोडेका थिए यी पाँच फिल्मको अफर

नेपालभ्युज

अक्षय कुमारले छोडेका थिए यी पाँच फिल्मको अफर

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिल्मी करिअरमा कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । यसबाहेक उनले कैयौं सुपरहिट फिल्ममा काम गर्नबाट मनाही पनि गरिसकेका छन् ।

सन् १९९३ मा आएको शाहरुख खानको फिल्म बाजिगर खेल्न उनले मानेका थिएनन् । सुपरहिट फिल्म भाग मिल्खा भागलाई पनि उनले अस्वीकार गरेका थिए ।
अब्बास मस्तानको फिल्म रेसको अफरलाई पनि अक्षय कुमारले त्यागेका थिए । त्यस्तै सलमान खानको सुपरहिट फिल्म रेडीमा अभिनय गर्नका लागि पनि उनले निर्माताहरुलाई सिधै मनाही गरेका थिए ।

यसबाहेक उनले एउटा हलिउड फिल्मलाई पनि रिजेक्ट गरेका थिए । जसमा उनले ड्वेन जानसनसँग फिल्म गर्ने अफर पाएका थिए । उनी हालसालै फिल्म ओएमजी २ मा देखिएका थिए । जसले बक्सअफिसमा खासै राम्रो प्रभाव पार्न सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved