शशांक भन्छन्- कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन

नेपालभ्युज

शशांक भन्छन्- कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक उपलब्धी धेरै भए पनि त्यसले जनताको मन छुन नसकेको बताए ।

‘राजनीतिक उपलब्धी त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्ध हो । चुनौती त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन्’, उनले भने, ‘‘मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ ।’

नेता कोइरालाले नेपाली कांग्रेसले एकजुट भएर योजना तर्जुमा गर्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved