इजरायलबाट नेपालीको उद्धार

आफ्नै देश फर्कि आएँ… तस्वीरहरू

विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल गएका थिए । उद्धारमा गएको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको छ ।

आफ्नै देश फर्कि आएँ… तस्वीरहरू

काठमाडौं। प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेपछि स्वदेश फर्कन चाहने २ सय ५४ जना विद्यार्थीलाई सरकारले उद्धार गरेर नेपाल ल्याएको छ ।

विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायलमा गएका थिए । उद्धारमा गएको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको छ । नेपाल आएका केही विद्यार्थीले ‘अब त मर्न परे पनि नेपालमै मरौँला’ भन्दै खुसी मनाएका छन् । तर कतिपयले भने करियरको चिन्ता गरिरहेका थिए ।

विद्यार्थी बोकेको नेपाल एअरलाइन्सको जहाज शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिएका छन् । विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित थिए ।

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५४ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved