एमाले सुदूरपश्चिमको नेतृत्व छान्न आज निर्वाचन हुँदै

नेपालभ्युज

एमाले सुदूरपश्चिमको नेतृत्व छान्न आज निर्वाचन हुँदै

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेताहरूले सहमतिको प्रयास गरेपनी अन्ततः सहमति नजुट्दा  आज निर्वाचन हुने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन ।

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।

अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उमेदवारी दर्ता गरिनेछ भने मतदान बेलुका ५ बजे हुनेछ । यस्तो छ, निर्वाचन तालिका-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved