रेखाले किन लगाउँछिन् सधैं साडी ?

नेपालभ्युज

रेखाले किन लगाउँछिन् सधैं साडी ?

एजेन्सी । बलिउडकी दिग्गज अभिनेत्री रेखा ६८ वर्षकी भइसक्दा पनि सुन्दरतामा कुनै कमी देखिँदैन ।

अहिले पनि उत्तिकै अनुहारमा चमक र फिट देखिन्छिन् । तर रेखाले आफ्नो पहिरन भने सधैं एउटै खालको गर्छिन् । जो उनलाई सुन्दर पनि देखिन्छन् । तपाईंलाई पनि उनले सधैं साडी नै किन लगाउँछिन् भन्ने लाग्छ होला ।

सधैं साडी लगाउने विषयलाई लिएर उनले सावर्जनिक कार्यक्रममा पनि खुलासा गरिसकेकी छन् । रेखाले भनेकी थिइन् ‘त्यसो त यो कुरा व्यक्तिगत हो तर पनि म भन्न सक्छु ।’ रेखाले भनेकी थिइन् यो उनको ट्रेडिसन हो र यो उनको पहिचान हो ।
यसबाहेक अर्को कुरा रेखाले आफ्नो आमाको बारेमा पनि बताएकी थिइन् । जसमा उनले साडी लगाउनुले उनलाई आफ्नी आमाको याद आउने बताएकी थिइन् ।

साथमा उनले भनिन्, “जब म कान्जीवरम साडी लगाउँछु, मलाई लाग्छ मलाई पे्रम र सुरक्षाले अंगालो मारेको छ ।” रेखाले साडीमा पनि विशेष गरी हरेक कार्यक्रम तथा पार्टीहरुमा कान्जीवरम साडी नै लगाएकी हुन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved