भूकम्पपीडित भेट्न बझाङ जाँदै प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

भूकम्पपीडित भेट्न बझाङ जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रको अवलोकनसँगै भूकम्पपीडितसँग भेटघाट गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ जाँदै छन् ।

मंगलबार आएको भूकम्पले गरेको क्षतिबारे जानकारी लिनुका साथै राहत र क्षतिपूर्तिको लागि विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रियासमेत गर्नका लागि उनी आज बझाङ जान लागेका हुन् ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छ ।

बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved