माधव नेपाल भन्छन्- हामी सरकार र कांग्रेस दुवैको साथ छाड्नसक्ने स्थितिमा छैनौं

नेपालभ्युज

माधव नेपाल भन्छन्- हामी सरकार र कांग्रेस दुवैको साथ छाड्नसक्ने स्थितिमा छैनौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।

मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधबार आयोजति कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताए । उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर पनि गरे ।

सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved