काठमाडौं। खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा शिल्पी कला समुहले रङ्गमञ्च बिनाको नाटक ‘सट्टापट्टा’ मञ्चन सुरु गरेको छ।
आजकाल व्यावसायिक खेतीका नाममा कृत्रिम मल-खादले कृत्रिम खानाको उत्पादन गरि मानव जीवनलाई नै ध्वस्त बनाइरहेको छ। मानिसले विषाधी उक्त कृषिउपज सेवन गरेर मस्तिष्क र शरीरमा अनेक रोग बोकेका छन्। यस्तै विषयमा केन्द्रीत रहेर नाटक ‘सट्टापट्टा’ तयार पारिएको छ।
केही दशकअघिसम्म खेतीपाती भनेको स्वाभिमानी किसानको सामाजिक उद्यम र यसबाट आउने उपज खानयोग्य, विविधतापूर्ण र पोषणयुक्त प्राकृतिक उत्पादन थियो तर अब यस्तो रहेन । यो कृत्रिम रसायन, विषादी र प्रविधिको सहायताले औधोगिक कारखानामा बनाइने कृत्रिम उत्पादन भएको छ । खानाका लागि गरिने खेतीपातीलाई अहिलेलाई व्यापारको वस्तु बनाएको विषयमा नाटक केन्द्रित रहेको छ।
नाटक सट्टापट्टाले आम मानिसले दैनिक जीवनमा भोगिरहेका यिनै समसामयिक र आधारभूत विषयवस्तुमा प्रश्न उठाउने जमर्को गरेको छ।
काठमाडौमा मुक्त रङ्गमञ्च अन्तरगत यो नाटक शिल्पी थिएटरको प्राङ्गणमा मञ्चन गरिएको हो। काठमाडौ बाहेक देशका विभिन्न भागमा नाटक ‘सट्टापट्टा’ मञ्चन गरिने निर्देशक घिमिरे युवराजले जानकारी दिए।
जसअनुसार काठमाडौमा असोज १४, १५ र १६ गते, लमजुङमा असोज १७ गते, तनहुँमा असोज १८ गते, यसैगरी पोखरामा असोज १९ गते, चितवनमा असोज २० गते, रौतहटमा असोज २२ गते, सिन्धुलीमा असोज २३ गते, महोत्तरीमा असोज २४ गते, सुनसरीमा असोज २५ गते, मोरङमा असोज २६ गते र झापामा असोज २७ गते मञ्चन हुनेछ।
नाटकमा कलाकारहरू संगीता उराँव, स्मारिका फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहा मगर, भकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयको अभिनय रहेको छ। स्मारिका फुयाल र अनुप तिमल्सिनाको प्रत्यक्ष संगीत रहेको नाटकमा पुनम उराँवको भेषभूषा रहेको छ।
तस्वीरहरु:-

Facebook Comment
Comment