समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि

नेपालभ्युज

समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि

काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन सोनी च्यानलबाट प्रसारित रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् ।

शनिबार रातिको ग्रान्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु नगदसहितका पुरस्कार जिते । उनका नृत्य निर्देशक भावना खन्डुजालेसमेत ५ लाख भारु नगद पुरस्कार जितिन् ।

रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामाले उपाधि जितेको उक्त प्रतिस्पर्धामा उनीसहित शिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, र अञ्जली मामगाई प्रतिस्पर्धाको अन्तिम ५ मा पुगेका थिए ।

जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । ‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो ।’

फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार-टाइगर श्राफ र कृति सेनन थिए । शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज रहेका थिए ।

समर्पणलाई रत्ननगर नगरपालिका-१३ मा भव्य स्वागत गर्ने तयारी भइरहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved