ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित

नेपालभ्युज

ब्याडमिन्टनको मेन्स टिममा प्रिन्स सम्मिलित नेपाल पराजित
फाइल फोटो

काठमाडौं । प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९ औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ ।

बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन ।

यु–१९ विश्व वरीयतामा पूर्वनम्बर एक खेलाडी प्रिन्सको टोलीले निरिहपूर्ण प्रदर्शन गर्‍यो । सबैभन्दा पहिला खेलका प्रिन्स भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए । दोस्रो सेटमा सुरुआती अग्रता लिएका प्रिन्सले त्यसलाई कायम राख्न सकेनन् । उक्त सेट पनि उनले सहजै गुमाउन पुगे ।

दोस्रो खेल खेल्न आएका सुनिल जोशीको प्रदर्शन पनि निरासपूर्ण रह्यो । उनले श्रीकान्त किदाम्बीसँग पहिलो सेट २१–४ ले सहजै गुमाए । दोस्रो सेटमा उनले सुधारिएको खेल देखाए पनि आफ्नो पक्षमा पार्न सकेनन् ।

उक्त सेट पनि सुनिलले २१–१३ ले गुमाएपछि नेपालको हार पक्का भयो । तेस्रो खेलमा विष्णु कटुवालले मिथुन मन्जुनाथसँथ २१–२ र २१–७ ले हार व्यहोरेपछि नेपालले मेन्स टिम प्रतिष्पर्धा ३–० ले गुमायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved