संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भएः मुख्यमन्त्री यादव

नेपालभ्युज

संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भएः मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेका बताएका छन् ।

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयता विरोधीहरु सक्रिय रहेका बताएका हुन् ।

उनले सामाजिक सद्भाव विगार्नेहरु र संघीयता विरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको बताए । उनले संसारको कुनैपनि शक्ति संघीयताको विरोधमा लागेपनि संघीयतालाई खारेज गर्न नसक्ने बताए। उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरुलाई कारबाही गर्न नसकेको गुनासो गरे । संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरुलाई कारबाही नगर्दा उनीहरुको मनोबल उच्च भइरहेको उनको भनाई छ ।

उनले संघीय सरकार समेत संघीयता विरोधी रहेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved