एसियाली खेलकुद : तेक्वान्दोमा ३ खेलाडी पराजित

नेपालभ्युज

एसियाली खेलकुद : तेक्वान्दोमा ३ खेलाडी पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदको तेक्वान्दोमा ३ खेलाडी पराजित भएका छन्।

चीनको हान्जाउमा बुधबार भएको खेलमा नेपाली खेलाडी पराजित भएका हुन् । पुरुषतर्फ ८० केजीमुनि अन्तिम ३२ को खेलमा नेपाली खेलाडी अभिषेक बराल अफगानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए।

६८ केजी मुनि प्रिक्वार्टरफाइनलमा वीरबहादुर महारा चाइनिज ताइपेईका यी जुई चिउसँग पराजित भए । यसैगरी,  ६७ केजी महिला मुनिमा अन्तिम १६ को खेलमा नेपालकी इन्दिरा बस्नेतले मिरहोसेनी भाकिलीसँग  हार व्यहोर्न पुगिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved