कालो भएको काखीलाई ५ मिनेटमा सफा बनाउनुहोस्

नेपालभ्युज

कालो भएको काखीलाई ५ मिनेटमा सफा बनाउनुहोस्

एजेन्सी । काखीको कालोपनले गर्दा कतिपय अवस्थामा तपाईं आफूलाई मन पर्ने लुगा लगाउन पनि असमर्थ हुनुहुन्छ । त्यसैले आज हामीले केही सजिलो तरिका जसले तपाईं कालो भएका काखीलाई सफा वा अन्य छाला जस्तै बनाउने उपाय सिकाउनेछौं ।

मह

छालाको रंगमा सुधार ल्याउनका लागि तपाईं एन्टीब्याक्टेरियल तथा एन्टीमाइक्रोबियल गुणले भरपूर महको प्रयोग गर्न सक्नुहुन्छ । यसले काखीमा लगाउनुहोस् र केहीबेर राखेर धुनुहोस् ।

एलोवेरा जेल

यसलाई केहीबेर कालो भएको काखीमा हल्का हातले मालिस गर्नुहोस् । केहीबेर मालिस गरेपछि यसलाई सफा पानीले धुनुहोस् । तपाईं यो दैनिक रुपमा गर्न सक्नुहुन्छ ।

कागती

कागतीको रसमा पनि प्राकृतिक चमक ल्याउने गुण हुन्छ । कागतीले कालो भएको छालामा रगड्नुहोस् । यसले मरेका छालालाई हटाएर छाला चम्काउने गर्छ ।

चिनी

चिनीको पाउडरमा ओलिभ आयललाई राम्रोसँग मिसाउनुहोस् । तयार भएको मिश्रणले कालो भएको काखीमा हल्का हातले स्क्रब गर्नुहोस् । यसले प्राकृतिक स्क्रबर जसरी काम गर्दछ ।

बेकिंग सोडा

तपाईं बेकिंग सोडाको सहयोगले पनि काखीको कालोपन भगाउन सक्नुहुन्छ । यसमा दुध मिसाएर काखीमा पाँच मिनेटसम्म लगाएर छोड्नुहोस् । त्यसपछि यसलाई सादा पानीले धुनुहोस् । यसले छालाको रंगमा सुधार ल्याउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved