ओलीको जिकिर- सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ

नेपालभ्युज

ओलीको जिकिर- सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको जिकिर गरेका छन् ।

मंगलबार काठमाडौँंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले  मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न कुनै कदम चाल्नेभन्दा पनि सरकारको ध्यान सत्ता टिकाउने कुरामा मात्रै केन्द्रित रहेको  जिकिर गरेका हुन् ।

उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको बताए । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको उनको जिकिर थियो ।

उनले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएपनि २०८४ सालको निर्वाचनसम्म पर्खँदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि भन्ने चिन्ता लागेको  बताए । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिएपनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको उनको दाबी थियो ।

ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने आश्वासन दिदैं  व्यवसायीहरुसँग चर्को ब्याजदर नलिन नेपाल राष्ट्र बैंकलाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved