शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

नेपालभ्युज

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सिमा हटाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए। उनले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए। उनले शयेर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको बताए । उनले सरकारका सबै निकायहरुले आउट अफ द बक्स भनेर सोच्नुपर्ने बताए ।

उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए । उनले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हेरक वर्ष भारतको भन्दा कर्जा बिस्तार भएपनि रोजगारी सिर्जना हुन नसकेको बताए । उनले बैंकहरुको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गरे । उनले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए ।

उनले भने,‘ शेयर धितो कर्जामा लगाएको १२ को सिमा हटाउनु पर्छ । सीमा तोक्नु हुँदैन । जोखिम भारलाई पनि १०० मा झार्न सकिन्छ  र सबै निकायहरुले आउट अफ द बक्स भनेर सोच्नुपर्छ । नेपाल कहाँ निर छ । अरु देशले के गरेका थिए भनेर नेपालमा लागू नहुन पनि सक्छ ।’

पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताए । उनले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरुका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारीबाट पन्छिने काम गरिरहेको बताए। उनले मुलुकमा अर्थतन्त्रको एउटा समस्या भए पनि सरकार अर्को बाटो हिडेको बताए । उनले गभर्नरले चाहँदैमा सबै कुरा सुधार हुने अवस्था नभएको बताए । उनले गभर्नरले काम नगरे सरकारले ‘कान समातेर’ यसो गर् भन्न सक्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved