निद्रामा बोल्नु पनि गम्भीर समस्याको संकेत हुन सक्छ

नेपालभ्युज

निद्रामा बोल्नु पनि गम्भीर समस्याको संकेत हुन सक्छ

एजेन्सी । यदि कोही मानिस निद्रामा एकदमै धेरै कुरा गर्छ भने उसलाई पैरोसोमनिया नामको स्लीप डिसअर्डरको शिकार हुन सक्छ । निद्रामा कुरा गर्नुको पछाडि धेरै कारणहरु हुन्छन् जसलाई जान्न जरुरी छ

लक्षण

यस विमारीको पहिलो लक्षण यही हो कि निद्रामा कुरा गर्ने व्यक्तिलाई दिउँसोको समयमा एकदमै धेरै निद्रा लाग्ने गर्छ । त्यस्ता व्यक्तिलाई स्वास लिन समस्या तथा सुत्नेबेला चल्ने जस्ता समस्याहरु महसुस हुन्छन् । 

कसलाई धेरै खतरा ?

यस्तो समस्या कुनै पनि उमेरमा जसलाई पनि हुन सक्छ । यस्तो समस्या रक्सी पिउने, तनावमा रहने तथा मानसिक समस्या भएका व्यक्तिलाई धेरै हुने गर्छ

ध्यान राख्ने कुरा

त्यसो त निद्रामा कुरा गर्ने समस्याको कुनै पनि उपचार विधि अहिलेसम्म पाइएको छैन । तर यसलाई नियन्त्रण भने जरुर गर्न सकिन्छ । मिडिया रिपोर्टहरुअनुसार मानिसले रातमा पर्याप्त निद्रा लिने, रातको समयमा भारी भोजन नगर्ने, रक्सीको सेवन गर्ने, चिन्ता तनाव नलिने आदि गर्दा यस्तो समस्या कम हुन सक्छ

क्याफिन कम

यदी तपाईंलाई निद्रामा बरबराउने बानी छ भने क्याफिन तथा चियाको मात्रा पनि कम गर्नु पर्दछ । यस्तो व्यक्तिले रातको समयमा क्याफिन भएको चिजहरुको सेवन गर्नु हुँदैन ।

तनाव

धेरैपटक तनावको कारणले पनि मानिस निद्रामा बोल्ने गर्दछ । यदी तपाईंलाई धेरै नै तनाव भइरहेको छ भने ध्यान तथा योगहरु गर्नुहोस् । जसले तनाव कम हुन्छ र निद्रामा बोल्ने समस्या पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved