कांग्रेसमा चर्किँदै संघीयता र धर्म निरपेक्षताविरुद्धको स्वर

सरकार सञ्चालनमा माओवादीको भूमिकाप्रति नेताहरु असन्तुष्ट

महासमिति बैठकको एजेण्डा तय गर्न बसेको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज उठाएका हुन् ।

नेपालभ्युज

कांग्रेसमा चर्किँदै संघीयता र धर्म निरपेक्षताविरुद्धको स्वर

काठमाडौं । नेपाली कांग्रेसमा संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज उठ्न थालेको धेरै भइसक्यो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा फेरि यसबारे कुरा उठेको छ ।

महासमिति बैठकको एजेण्डा तय गर्न बसेको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज उठाएका हुन् ।

बैठकमा बोल्दै कांग्रेस नेता शंकर भण्डारीले महत्वका साथ हिन्दू राज्यको पक्षमा आवाज उठाएका हुन् । विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।

‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ’, उनले भने, ‘आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’

उनले संघीयताबारे पनि पुर्नविचार गर्न आग्रह गरे। भने, ‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ। यसबारेमा पार्टीले गम्भीर विचार गर्नुपर्छ।’

उनले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने हल्लाबारे पनि पार्टीको धारणा प्रष्ट पार्नुपर्ने बताए ।

बैठकमा नेता भीम पराजुलीले पनि हिन्दु राष्ट्रको पक्षमा उभिन प्रस्ताव गरेका छन् ।

त्यस्तै बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले सरकार सञ्चालनमा माओवादीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे । सरकारले भ्रष्टाचार आरोपमा कांग्रेस नेताहरुलाई छानीछानी जेल हालेको र आफ्ना नेतालाई जोगाएको भन्दै उनले माओवादीको आलोचना गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved