गमगढी बजारमा आगलागी, दमकल नहुँदा खानेपानीको पाइपबाट पानी हालियो

नेपालभ्युज

गमगढी बजारमा आगलागी, दमकल नहुँदा खानेपानीको पाइपबाट पानी हालियो

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ।

गतराति १ बजे छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ।

त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो। खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved