सहकारीका एक कर्मचारी होटलमा मृत फेला

नेपालभ्युज

सहकारीका एक कर्मचारी होटलमा मृत फेला
सांकेतिक तस्विर

काठमाडौं । झापाको दमकमा अवस्थित मेची बहुउद्देश्य सहकारी संस्थामा कार्यरत मेघराज राउत दमकको एक होटलमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राउत मृत भेटिएको स्थानमा ‘सुसाइट नोट’ समेत फेला परेको छ ।  घटनाबारेमा अनुसन्धान गर्न प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

प्रहरीको नियन्त्रणमा रहेकी महिलाको बारेमा केही खुलाइएको छैन। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राउत  सहकारीका कर्जा शाखाका कर्मचारी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved