शिक्षकको तयारी नपुगेपछि धकेलियो वार्ता

नेपालभ्युज

शिक्षकको तयारी नपुगेपछि धकेलियो वार्ता

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले आवश्यक तयारी नगरेका कारण सरकारसँगको वार्ता केहीबेरका लागि धकेलिएको छ ।

शिक्षक महासंघले सरकारसँग औपचारिक वार्ताका लागि समिति नै गठन गरेको छैन । जसकारण वार्तामा ढिलाइ भएको हो ।

शिक्षक महासंघसँग वार्ता गर्नुअघि सरकारका चार मन्त्रीले भने आन्तरिक छलफल गरेका छन् ।

सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ र सञ्चार मन्त्री रेखा शर्मासहित सचिवहरुबीच छलफल भएको हो ।

बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा ५ मन्त्रीसहित शिक्षक प्रतिनिधिसँग छलफल भएको थियो । छलफलले औपचारिक वार्ताका लागि पत्राचार गर्दै शुक्रबार बिहान पुनः वार्तामा बस्ने समझदारी गरेको थियो ।

सरकारले भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved