राष्ट्रपति भएपछि पहिलोपटक गृह जिल्ला जाँदै पौडैल

नेपालभ्युज

राष्ट्रपति भएपछि पहिलोपटक गृह जिल्ला जाँदै पौडैल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भोली शनिवार गृह जिल्ला तनहुँ जाने भएका छन्  । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणको जान लागेका हुन् ।

बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वन वाटिकामा निर्माण गरिएको  जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले जानकारी दिए।

जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे गर्ने तय भएको छ । ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो रहेको मानिएको छ ।

राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल  निर्माण  भएकेा समन्वय प्रमुख वाग्लेले जानकारी दिए ।

कोइरालाले २०३६ साल असोज ६ गते बेल चौतारीबाट जनसभालाई सम्बोधन गरेको स्मरणमा बिपी वन वाटिका निर्माण गरिएको सोही ठाउँमा बिपीको सालिक राखिएको जननायक बिपी कोइराला  स्मृति ट्रस्टका महासचिव तथा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिए ।

बिपीको सालिक तथा त्यस वरपरको संरचना १५ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved