कांग्रेस केन्द्रीय सदस्यमा आठजना मनोनित (सूचीसहित)

नेपालभ्युज

कांग्रेस केन्द्रीय सदस्यमा आठजना मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आठजना मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले बिहीबार उनीहरुलाई मनोनित गरेका हुन् ।

मनोनित हुनेहरुमा गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।

कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई मनोनित गरिएको हो । महासमिति बैठकका एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved