सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र, नागरिकसँग प्रत्यक्ष भेटघाटको अभियान सूरु गर्दै

के सक्रिय राजनीतिमा आउन चाहन्छन् ?

संविधान निर्माण भएसँगै उनले आफूलाई ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको सन्देश’ भनेर लेखाउन थालेका थिए। अहिले फेरि आठौँ संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको नयाँ अभियानको घोषणा भएको छ।

नेपालभ्युज

सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र, नागरिकसँग प्रत्यक्ष भेटघाटको अभियान सूरु गर्दै

काठमाडौं। राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिन लागेका छन्।

पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका ज्ञानेन्द्रले जनतासँगको भेटघाट काठमाडौं उपत्यकाबाटै सुरु गर्न लागेका हुन्।

धार्मिक तीर्थस्थल तथा मठमन्दिर भ्रमणको नाममा उनले नागरिकसँग भेटघाट गर्न लागेका हुन्। सो अन्तरगत ७ असोजमा भक्तपुरमा पहिलो कार्यक्रम राखिएको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ। दिउँसो ३ बजे भक्तपुरमा जाने कार्यक्रम रहेको ज्ञानेन्द्रका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।

सो अवसरमा भक्तपुरको तलेजु भवानीको दर्शन, भैरवनाथको दर्शन गर्ने पनि जनाइएको छ। पाठकले वक्तव्य निकालेर यसबारे जनाकारी दिएका छन्।

पछिल्लो समय नागरिकमा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि चुलिँदो क्रममा छ। त्यो असन्तुष्टि लोकतान्त्रिक व्यवस्था प्रतिभन्दा पनि नेतृत्वप्रति छचल्किँदै छ।

पूर्वराजाको सक्रियता पुनर्स्थापित हुने संकेत हो ? नत्र किन तर्सिए ओली- प्रचण्ड  ?

पछिल्लो उपनिर्वाचन र अघिल्लो वर्ष भएको निर्वाचनको परिणाम यसको ज्वलन्त उदाहरण हो। त्यही मेलो र संविधान दिवसको सन्दर्भकै अवसरमा पूर्वाराजाले जनतासँग भौतिक उपस्थितिमै भेटेर प्रतिक्रिया दिने भन्दै वक्तव्य जारी हुनुलाई धेरै कोणबाट विश्लेषण गरिएको छ।

पूर्वाराजा ज्ञानेन्द्र शाहको भक्तपुरको कार्यक्रमबारे संवाद सचिव फणीराज पाठकको वक्तव्य

पछिल्लो समय ज्ञानेन्द्रले सामाजिक र धार्मिक गतिविधिका नाममा देश दौडाहालाई तीव्रता दिँदै आएका छन्। ‘देशको अवस्था बिग्रिनुमा राजनीतिक दलको भूमिका मुख्य रहेको’ सन्देश प्रवाह गर्दै उनले भ्रमण गरिरहेका छन्। नागरिक अभिनन्दन र तीर्थस्थल भ्रमणका नाममा राजनीतिक संकटको फाइदा उठाउने कोसिस ज्ञानेन्द्रले गरिरहेको कतिपयको आरोप छ।

यसअघि गत वैशाखको पहिलो साता जुम्ला र जेठको पहिलो साता धनगढीमा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो।
त्यसका लागि आवश्यक तयारी पूरा भइसकेपछि अन्तमा स्थगन भएको थियो। आयोजकले भने विशेष कारण देखाएर सो कार्यक्रम स्थगित भएको जनाए पनि अझै हुन सकेको छैन।

ज्ञानेन्द्र शाहको जन्मदिन मनाउन राजावादी निर्मल निवासमा, पूर्वराजा नभेटिएपछि फर्किए समर्थक

ज्ञानेन्द्रले आफ्नो जन्मदिन, नयाँ वर्ष, दशैं र विभिन्न चाडपर्व जस्ता अवसरमा विज्ञप्तिमार्फत आफ्ना कुरा सार्वजनिक गर्दै आएका छन्।
राजसंस्था हटेका सुरुका केही वर्षमा उनको विज्ञप्तिमा ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको सन्देश’ लेखिएको हुन्थ्यो।

तर, संविधान निर्माण भएसँगै उनले आफूलाई ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको सन्देश’ भनेर लेखाउन थालेका थिए। अहिले फेरि आठौँ संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको नयाँ अभियानको घोषणा भएको छ। यी पछिल्ला क्रियाकलाप नियालिरहेकाहरूको चासो छ ‘पूर्वराजा ज्ञानेन्द्र के सक्रिय राजनीतिमा आउन चाहन्छन् ?’

सम्बन्धित समाचार –

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्विटर छैन’

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भेटिए त्रिसरा लाउन्जमा

पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंले जनयुद्ध दिवसकै दिन घोषणा गरे नयाँ अभियान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved