‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्विटर छैन’

नेपालभ्युज

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्विटर छैन’

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) सामाजिक सञ्जाल नचलाएको भन्दै भ्रममा नपर्ने आग्रह गरिएको छ । संवाद सचिवालयले सूचना निकालेर यस्तो जनाएको छ।

‘‘निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै सूचनामा आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिएको छ’ सचिवालयका तर्फबाट फणीराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नाम राखेर खोलिएका फेसबुक तथा ट्विटरमा विभिन्न स्ट्याटस आउन थालेपछि यो विज्ञप्ति आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved