क्यानडा र भारतको सम्बन्ध तनावपूर्ण बन्दै, दुवै देशले निकाले एक अर्काका कुटनीतिज्ञ

तनाव बढ्दै जाँदा पहिले क्यानाडाले भारतका राजनयिक पवन कुमार रायलाई निष्कासित गर्यो । बदलामा भारतले पनि दिल्ली स्थित क्यानाडाई उच्चायोगका एक वरिष्ठ राजनयिकलाई निष्कासित गर्ने निर्णय गरेको छ ।

नेपालभ्युज

क्यानडा र भारतको सम्बन्ध तनावपूर्ण बन्दै, दुवै देशले निकाले एक अर्काका कुटनीतिज्ञ

काठमाडौं । क्यानडा र भारतको सम्बन्ध एकाएक तनावपूर्ण बनेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्या पछाडी भारत सरकारको हाथ रहेको बताएपछि दुई देशको सम्बन्ध तनाव चुलिँदै गएको हो ।

तनाव बढ्दै जाँदा पहिले क्यानाडाले भारतका राजनयिक पवन कुमार रायलाई निष्कासित गर्‍यो । बदलामा भारतले पनि दिल्ली स्थित क्यानडाली उच्चायोगका एक वरिष्ठ कुटनीतिज्ञलाई निष्कासित गर्ने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयले सम्बन्धित कुटनीतिज्ञलाई आगामी पाँच दिनभित्र देश छोड्न भनेको छ ।

त्यसअघि, क्यानाडको संसदमा ट्रूडोले भनेका थिए, ‘हाम्रो देशको जमीनमा क्यानाडाका नागरिकको हत्या पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ । यो हाम्रो सम्प्रभुताको उल्लंघन हो ।’

यसै वर्षको १८ जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वाराबाहिर निज्जरको गोली हानेर हत्या गरिएको थियो । भारत सरकारले निज्जरलाई आतंकवादी तथा पृथकतावादी संगठनको मुखिया बताउँदै आएको छ । निज्जरका समर्थकले भने यो आरोपको खण्डन गरेका छन् ।

भारत र क्यानडाबीच सम्बन्धमा दरार आएको यो पहिलोपटक भने होइन । जस्टिन ट्रूडो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कहिले पनि राम्रो सम्बन्ध बन्न नसकेको बीबीसीले उल्लेख गरेको छ । जस्टिन ट्रूडो प्रधानमन्त्री बनेदेखि मोदी क्यानाडा भ्रमणमा गएका छैनन् ।

अघिल्लो साता जी-२० सम्मेलनमा भाग लिन ट्रुडो भारत आएका थिए । तर, उनले मोदीसँग छिटो हाथ मिलाएर अघि बढेको दृष्य देखिएको थियो । दुई पक्षीय वार्तालाप पनि राम्रो नभएको खबर आएको थियो ।

भारतीय प्रधानमन्त्री क्यानाडामा सिख पृथकतावादी आन्दोलनलाई उक्साउने खालका घटना भइरहेको भन्दै असन्तुष्ट थिए । भेटमा जस्टिन ट्रूडोले भारतलाई आफ्नो घरेलू राजनीतिमा हस्तक्षेप नगर्न भनेका थिए ।

ट्रुडोले संसदमा दिएको भाषणमा दिल्लीमा आफूले उच्चस्तरमा निज्जरको हत्या सम्बन्धि मुद्दा उठाएको पनि उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved