सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेनः ओली

नेपालभ्युज

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेनः ओली

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभुत रुपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

उनले भने,  ‘खसी, बोका ट्रकका ट्रक आउँछ । यो कुनै मुख्य भन्सारबाट होइन । मुख्य बाटोबाट होइन । अरु बाटोबाट आएको आएकै छ । मुख्य बाटोबाट पनि आउँछ । किनभने देउरालीमा पाती राख्नुपर्छ । देउरालीमा पाती चढाउने, ट्रक पास । किन राजश्व उठदैन ? त्यतापट्टी म अहिले जान चाहन्न । सच्याउनुपर्ने थुप्रै कुरा छ ।’

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved