कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved