उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

नेपालभ्युज

उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।

‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’

आफ्नो आसन्न अमेरिका र युरोप भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved