दैलेखमा चट्याङ लागेर एक जनाकाे मृत्यु, १६ घाइते

नेपालभ्युज

दैलेखमा चट्याङ लागेर एक जनाकाे मृत्यु, १६ घाइते

दैलेख। दैलेखमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ भने  १६ जना घाइते भएका छन् ।

बिहीबार राती  चट्याङ लागेर महाबु गाउँपालिका-१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

खत्री  भान्सामा काम गरिरहेको बेला चट्याङ लागेर घाइते  भएकी थिइन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घरमै  बसिरहेका बेला चट्याङ लागेर घाइते भएका उनिहरुको  दैलेख अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।

गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पताल पठाइएको छ भने एक जनाको दैलेख अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved