छोराहरु विदेशबाट आएपछि नेम्वाङको पार्थिव शरीर घर लगियो

नेपालभ्युज

छोराहरु विदेशबाट आएपछि नेम्वाङको पार्थिव शरीर घर लगियो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरीर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved