हड्डीबाट कट कट आवाज आउँछ भने जान्नुहोस् शरीरमा के को कमी छ

नेपालभ्युज

हड्डीबाट कट कट आवाज आउँछ भने जान्नुहोस् शरीरमा के को कमी छ

एजेन्सी । तपाईंले ख्याल गर्नुभएको होला तपाईंको आफ्नै हुन सक्छ वा अरु कसैको बस्दा उठ्दा हड्डीबाट कट कट खालको आवाज आउँछ । यदी यस्तो आवाज एकदमै आइरहेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । यो हड्डीसँग जोडिएको विमारीहरुको संकेत पनि हुन सक्छ ।

भिटामिन डीको कमी
आस्टियोपोरोसिस वा बाथ जस्तो हड्डीसम्बन्धी विमारीको कारण यो पनि हुन सक्छ । यस्तोमा जरुरी हुन्छ कि तपाईं आफ्नो हड्डीलाई बलियो बनाउनुहोस् र क्याल्सियमयुक्त चीजहरुको सेवन गर्नुहोस् । हड्डीबाट आवाज आउनुको पछाडि भिटामिन डीको कमी पनि हुन सक्छ ।

भिटामिन डीको आवश्यकता किन ?
यदी मानिसको शरीरमा भिटामिन डीको कमी भयो भने शरीरमा क्याल्सियम अब्जर्ब हुँदैन । यसबाहेक भिटामिन डीका कारणले कोलेजनको कमी पनि हुन्छ । जसले गर्दा हड्डीबाट आवाज आउँछ र जोर्नीको आसपासमा दुखाई पनि बढ्दै जान्छ ।

ड्राई फ्रुट्स खानुहोस्
ड्राई फ्रुट्स हाम्रो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा बदामको सेवन गर्न सकिन्छ, यसमा भरपूर मात्रामा पोटाशियम हुन्छ । यसले क्याल्सियमलाई शरीरबाट बाहिर आउनबाट रोक्छ । त्यस्तै ओखरमा ओमेगा–३ फ्याडी एसिड पाइन्छ, जसले हड्डीको विकास तथा बलियो बनाउनमा सहयोग गर्छ ।

कसरत गर्ने
हिड्न, दौडिनमा समस्या तथा मांसपेशीहरुमा दुखाई जस्तो समस्या कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यस्तो समस्याबाट बच्नका लागि तपाईं कसरतको सहयोग लिन सक्नुहुन्छ । यदी तपाईं नियमित रुपमा कसरत गर्ने बानी गर्नुभयो भने यसले पनि हड्डी लचिलो हुँदै जान्छ र हड्डी सम्बन्धी समस्या कम हुन्छ ।

पर्याप्त निद्रा
कतिपय अवस्थामा हड्डी दुख्ने वा आवाज आउने समस्या थकानको कारणले पनि हुन सक्छ । यस्तोमा मानिसले कम्तीमा ८ घण्टाको निद्रा लिनु आवश्यक हुन्छ । निद्रा पूरा गर्नु पनि हाम्रो शारिरीक तथा मानसिक स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

एयर बबल्स
कैयौंपटक जोर्नीमा एयर बबल्स बन्नाले पनि आवाज आउन सक्छ । हड्डीबाट कट कट गर्ने आवाज आउनुको पछाडि हड्डीको बीचमा हावा भरिएको हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved