नुहाउने पानीमा मिसाउनुहोस् यी चीज, आउनेछैन शरीरबाट दुर्गन्ध

नेपालभ्युज

नुहाउने पानीमा मिसाउनुहोस् यी चीज, आउनेछैन शरीरबाट दुर्गन्ध

एजेन्सी । गर्मी मौसममा शरीरबाट पसिना आउनु सामान्य कुरा हो । तर, यो पसिनाको कारणले शरीरमा दुर्गन्ध आउन थाल्छ । जसले मानिसलाई लज्जाको अनुभूति पनि गराउन सक्छ ।

यदी तपाईं पनि पसिना आउने र त्यसको दुर्गन्धले समस्यामा हुनुहुन्छ भने केही घरेलु उपायहरू अपनाएर पनि तपाईं शरीरबाट आउने दुर्गन्धलाई हटाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले नुहाउने पानीमा केही सामग्रीहरू मिसाउनु पर्ने हुन्छ । यही बारेमा जानौं-

गुलाब जल
नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ । यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ ।

कागतीको रस
कागतीको रस पानीमा राखेर नुहाउँदा पनि शरीरबाट आउने गन्धलाई कम गर्न सकिन्छ । यसले शरीरमा भएका ब्याक्टेरियाहरू पनि मर्नेछन् र दुर्गन्ध सजिलै कम हुनेछ ।

पुदिनाका पात
पुदिनाका पात नुहाउने पानीमा राख्दा पनि दुर्गन्ध हटाउन राम्रो काम गर्छ । यसले शरीरका खराब ब्याक्टेरियाहरूलाई मार्ने काम गर्छ ।

फिटकिरी
फिटकिरी पनि छालाका लागि एकदमै राम्रो मानिन्छ । यसलाई नुहाउने पानीमा पनि प्रयोग गर्न सकिन्छ । यसले साना साना घाउ तथा काटिएकोमा पनि राम्रो काम गर्छ । साथमा काखीबाट आउने दुर्गन्धलाई पनि कम गर्न सहयोग गर्छ ।

सुन्तलाको बोक्रा
नुहाउने पानीमा सुन्तलाको बोक्रा राख्न पनि सकिन्छ । यसले शरीरबाट आउने दुर्गन्धलाई कम गर्छ । बोक्राका साथै सुन्तलाको रस पनि मिसाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved