आँपलाई खानुअघि किन पानीमा भिजाउनुपर्छ ?

नेपालभ्युज

आँपलाई खानुअघि किन पानीमा भिजाउनुपर्छ ?

एजेन्सी । गर्मी मौसम सुरु भएसँगै बजारमा आँप पनि देखिन थालिसकेका छन् । आँप त्यस्तो फल हो जसलाई मन नपराउने मानिस कमै मात्र पाइन्छन् ।

आँप खानुअघि केहीबेर पानीमा भिजाउनु पर्दछ भनेर त तपाईंले पनि सुन्नुभएको होला । यसो गर्नुको पछाडि कारण छ, जसलाई जान्नुभयो भने तपाईंलाई फाइदा हुनेछ ।

खानपान विशेषज्ञका अनुसार आँप आफैमा गर्मी फल हो । त्यसैले आँपलाई भिजाएर खानुपर्दछ । पित्त दोष भएका व्यक्तिले एकदमै सीमित मात्रामा आँप खानु पर्दछ ।

आँपलाई खानुअघि एकदेखि दुई घण्टा पानीमा भिजाएर अवश्य राख्नुहोस् । यसबाहेक आँपको सेवन जो कोहीले पनि सीमित मात्रामा गर्नुपर्दछ ।

आँपबाट हुने गर्मीबाट बच्नका लागि सधैं पानीमा भिजाएर मात्र खानुहोस् । यसरी खाँदा पेटमा हुने खराबीबाट पनि बच्न सकिन्छ ।

अत्यधिक आँप खाँदा वा पानीमा नभिजाएर सेवन गर्दा शरीरको तापक्रम बढ्छ । जसले गर्दा अनुहारमा पनि डन्डीफोर तथा साना दानाहरू आउने समस्या हुन्छ ।

आँप भिजाएर खाँदा यसमा राखिएको विषादी नष्ट हुन्छ । जसका कारण पेट खराब हुन पाउँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved