एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा रास्कोटी

एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुनर्गठन, अध्यक्षमा रास्कोटी

सुर्खेत। नेकपा एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । सोमबार पत्रकारसम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुर्नगठित भएको जानकारी गराएको हो ।

भदौ १३ गते बसेको सचिवालय बैठक र भदौै २३ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला कमिटीलाई पुनर्गठन गर्दै जिल्ला कमिटी सुर्खेतको अध्यक्षमा अध्यक्षमा टोपबहादुर रास्कोटीलाई चयन गरिएको छ । रास्कोटी यसअघि उपाध्यक्ष थिए ।

यस्तै जिल्ला कमिटीको उपाध्यक्षहरूमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा वीरबहादुर रावत (भोटे), उपसचिवहरूमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ । एकसय ३ सदस्यीय जिल्ला कमिटीमा एकजना पदाधिकारी (उपसचिव-दलित महिला) पछि थप गर्ने निर्णय गरेको छ ।

बैठकमा केही सीमित नेता कार्यकर्ताहरूले पार्टी छोड्दैमा सिंगो पार्टीलाई नै समायोजन भन्नु सरासर गलत र भ्रमबाजी मात्रै भएको जिल्ला अध्यक्ष रास्कोटीले बताए ।उनले कुनै पनि कार्यकर्ताहरूलाई बिचल्लित नभएर पार्टीको नियमित काम कारबाहीमा सक्रिय हुनुपर्ने बताए ।

यसअघि, तत्कालीन जिल्ला अध्यक्ष मोहनसिंह बढुवालसहितका केही नेताहरू एमालेमा प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved