शशांकले भने- चिनियाँ राजदूतको विवादित अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ

नेपालभ्युज

शशांकले भने- चिनियाँ राजदूतको विवादित अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको ‘विवादित अभिव्यक्ति’ कूटनीतिक मर्यादाविपरीत भएको भन्दै सरकारले नोटिसमा राख्नुपर्ने बताएका छन् ।

भारत र चीन दुवै देश नेपालका असल छिमेकी रहेको उल्लेख गर्दै नेता कोइरालाले काठमाडौंमा रहेर एकले अर्काको विषयमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हुने बताएका हुन् ।

नेपाल प्रेस युनियन रामेछापले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले कोशी प्रदेशको समस्या सबै दल मिलेर समाधान गर्नुपर्ने पनि बताए । राजनीतिक मुद्दालाई अदालतले मात्रै टुंगोमा पुर्‍याउँछ भनेर विश्वास गर्न नसकिने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved