साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय छन् : ओली

नेपालभ्युज

साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय छन् : ओली
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय रहेको बताएका छन्।’

एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै उनले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरूले अहिले धर्म र पहिचानको नाममा समाजलाई खल्बल्याएको बताएका हुन् ।

२०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घाखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग सुनाउँदै अध्यक्ष ओलीले अहिले पनि यस्तो घटना नदोहोरिने भन्न नसकिने बताए ।

उनले भने,‘ यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउने सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरू अहिले पनि छँदै छन् । एउटै वडाका मान्छेहरू अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू अहिले पनि छन् ।’

सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरूले नै देश बिगार्न खोजेको उनले आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved