६३ वर्षका अभिनेता जसले ओटीटीमा मच्चाइरहेका छन् धमाका

नेपालभ्युज

६३ वर्षका अभिनेता जसले ओटीटीमा मच्चाइरहेका छन् धमाका

एजेन्सी । दक्षिण भारतीय अभिनेताहरू आफ्ना स्टाइलले नै दर्शकमाझ हिट छन् । चर्चित दक्षिण भारतीय अभिनेता नन्दमुरी बालकृष्णनको फिल्मले ओटीटीमा अहिले धमाका दिइरहेको छ । नन्दमुरीको उक्त फिल्मको नाम ‘वीरा सिम्हा रेड्डी’ हो ।

फिल्म जनवरी २०२३ मा रिलिज भएको थियो, जसमा बालकृष्णनलाई एकदमै मनपराइएको थियो । अहिले भने फिल्म ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा हिन्दीमा रिलिज भइसकेको छ ।

डिज्नी प्लस हटस्टारले लगभग ४ करोड भारुमा उक्त फिल्मको डिजिटल राइट्स खरिद गरेको थियो । फिल्म अहिले ओटीटीमा दर्शकहरूमाझ एकदमै चर्चामा आइरहेको छ ।

उक्त फिल्मले १३३ करोड संकलन गरेको थियो । फिल्मको बजेट भने ७० करोडको थियो । यो फिल्म ओटीटीमा तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दीमा उपलब्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved